कृषि कर्म त हामीले आफ्नै करेसावारीबाट सुरु गर्न सक्छौ : सांसद थापा

अर्थ/बाणिज्य

बर्दिवास, ८ जेठ । मधेश प्रदेश सभा सदस्य शारदा देवी थापाले घर वरपरका जमिन बाझो नराख्न अनुरोध गरेकी छन् । सोमबार बर्दिबास स्थित सत्कर्म कृषि सहकारी सस्थाको सातौ वार्षिकोत्सव तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सदस्य थापाले करेशावारीमा उपयोग गर्न सकिने जमिन वेवास्ता गरेकै कारण जमिनको उर्वर शक्तिमा ह्रास आउन थालेको उनले बताइन् ।

अहिलेको समयमा स्थानीय उत्पादनमा कमी आउनुको मुख्य कारण नै परनिर्भर बन्नु परेको बताउँदै उनले कृषि सहकारीहरूले पाइलट कार्यक्रमका रूपमा यहाँको माटो सुहाउँदो मेवा खेती , केरा खेती, कपास खेती गर्न सक्ने समेत सुझाव दिएकी छन् । थापाले सत्कर्म कृषि सहाकारी सस्थाले आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारेर आफ्ना शेयर सदस्यसंग अन्तरकृया कार्यक्रम गर्नु प्रभावकारी र असाध्यै सकारात्मक प्रयास रहेको उल्लेख गरिन ।

सहकारीको अन्तरक्रिया कार्यक्रममा सदस्यहरूले शेयर रकम, रिन धनका बिषयमा आफ्ना जिज्ञासा राखेका थिए । साथै वर्तमान समयमा सहकारीप्रतिका समाचारबाट त्रास फैलिएको भन्दै चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा शेयर सदस्यहरु उषा ढकाल , चित्र बहादुर देउवा ,जगत खड्का, भवानी अधिकारी, जानुका पोखरेल, अर्जुन गौतमलगायतले शुभकामना सहित सुझाव समेत दिएका थिए ।

सदस्यहरूको जिज्ञासालाई सस्थाका अध्यक्ष सुशीला थापा, कोषाध्यक्ष चेतकुमार थापा, ब्यबस्थापक अम्बिका बानियाँले मेटाउने प्रयास गरेका थिए । अन्तरक्रिया कार्यक्रममा २०८१ वैशाख मसान्तसम्मको आर्थिक विवरण समेत प्रस्तुत गरिएको थियो । सत्कर्म कृषि सहाकारीले आफ्नो सातौं वर्षमा पुगिरहदा १४१८ शेयर सदस्यसंग जोडिएको बताइएको छ ।

त्यसैगरी सस्थाको कुल सम्पत्ति ७ करोड ६४ लाख रहेको छ भने ५ करोड ४४ लाख लगानीमा रहेको ब्यबस्थापक बानियाँले जनाईन । यस्तै शेयर रकम ६६ लाख रहेको सहकारीमा बचत तर्फ ४ करोड ९५ लाख रहेको र जगेडा कोषमा भने ३८ लाख रहेको समेत जानकारी गराईएको थियो । कार्यक्रममा आएका सुझाव प्रतिक्रियाहरूलाई आगामी समयमा सम्बोधन गर्दै लैजाने सस्थाका अध्यक्ष शुसिला थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार