बर्दिवास । सत्कर्म कृषि सहकारी संस्था बर्दिवासले सुशिला थापाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति छनौट गरेको छ । संस्थाको शुक्रबार भएको सातौं साधारणसभाले थापाको अध्यक्षतामा नयाँ समिति छनौट गरेको हो ।
नव निर्वाचित समितिको उपाध्यक्षमा दुर्गाबहादुर कार्की, सचिवमा वेदबहादुर कार्की, कोषाध्यक्षमा चेतबहादुर थापा रहेका छन् भने सदस्यमा क्रमशः अनिता खनाल, राजु दाहाल, शिशुकुमार भुजेल, सम्झना शर्मा पौडेल र अर्जुनबहादुर थापा छन् । लेखा सुपरीवेक्षण समितिमा तुलसा पौडेल, उस्पल पोखरेल र जीवराज खडका छनौट भएको व्यवस्थापक अम्विका बानियाँले बताइन् ।
‘बचत, कृषि र किसान हाम्रो लक्ष्य हाम्रो शान’ भन्ने नारा तय गरेको सो सत्कर्म कृषि सहकारी संस्थाले शुक्रबार सम्पन्न गरेको साधारण सभाको उद्घाटन महोत्तरी निर्वाचन क्षेत्र १ (क) की सांसद शारदादेवी थापाले गरेकी थिइन । उद्घाटन मन्तव्य राख्दै सांसद थापाले कृषि सहकारी र कृषि क्षेत्रको प्रवद्र्धनमा तीनै तहको सरकार उदासिन रहेको बताइन् । उनले भनिन् ‘सातौ वर्षमा आइपुगेको यो सहकारीमा सदस्यको हौसला र उर्जा देखेर आफू उत्साहित भएको बताइन् ।