टुटेश्वरमा ल्होसारको रमझम

कला/साहित्य

बर्दिवास, १५ माघ । बर्दिवास नगरपालिका –५ स्थित टुटेश्वर फुटवल मैदानमा सोमबार यस भेगका तामाङ समुदायले ल्होसार पर्व धुमधामले मनाएका छन् । मञ्जुश्री सम्वतअनुसारको २८६१ औं डुल÷सा पुखीं ल्हो सोनाम ल्होसार भब्यतापूर्वक मनाएका हुन् ।

बर्दिवास नगरका ४,५, ८, १० र ११ नं. वडाको आयोजनामा भएको सो ल्होसारमा महोत्सवमा यस भेगका तामाङ समुदायले आफ्नो मौलिक पहिरनमा अर्थपूर्ण सहभागिता जनाएका थिए । विशेषगरी सांस्कृतिक कार्यक्रमसहितको वनभोजजस्तो कार्यक्रम आयोजना गरिएको थियो ।

यहाँ सबै जनजाति समुदायले आ–आफ्नो पर्व मनाउने गरेकामा हामीले भने यो पहिलो प्रयास गरेको वडानं. ५ का वडाध्यक्ष काहारमान श्यांङवाले बताए । ल्होसारको रमाइलोसंगै खाजाको व्यवस्था पनि गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार