
बर्दिवास, २७ वैशाख । काफ्ले समाज मधेश प्रदेश समितिमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार बर्दिवासस्थित उद्योग वाणिज्य हलमा भएको समाजको तेश्रो मधेश प्रदेश साधारणसभाले हरि काफ्लेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
प्रदेश समितिको नयाँ नेतृत्वमा अध्यक्ष – हरि काफ्ले (धनुषा), उपाध्यक्ष – कृष्णराज काफ्ले (सिरहा), उपाध्यक्ष – हरिप्रसाद काफ्ले (महोत्तरी), महासचिव – अब्जनाथ काफ्ले (बारा), सचिव – सुवराज काफ्ले (महोत्तरी) कोषाध्यक्ष – दीपा काफ्ले (महोत्तरी), सदस्य – सुमन काफ्ले (बारा) र सदस्यमा ध्रुवराज काफ्ले (धनुषा) चयन भएका हुन् ।
समाजका निवर्तमान अध्यक्ष ऋषिराज काफ्लेको अध्यक्षतामा भएको सधारणसभाले काफ्ले समाजलाई मधेश प्रदेशभर सक्रिय र उर्जाशिल बनाउने निर्णय गर्नुका साथै समाजको बन्दै गरेको डिजिटल वंशावलीमा आ–आफ्नो परिवारको नाम समावेस गराउन आह्वानसमेत गरेको छ । वंशावलीका नाम समावेश गर्नका लागि समाजलले एउटा फर्म विकसित गरेकाले सो फर्म भर्न सबैलाई आह्वान गरेको हो ।
बन्दै गरेको डिजिटल वंशावलीमा पितृ वंश मात्र नभई मातृ वंशसमेत समावेश गरेर नयाँ प्रयोगको थालनी गरिएको जानकारी दिइएको थियो । पितृ कार्यमा पितृ वंशभन्दा मातृ वंशलाई उच्च महत्व दिइएको हुनाले वंशावलीमा पितृ वंश मात्र उल्लेख हुनु अपूर्ण हुनेमा समाजले सहमति जनाएको छ । मातृ वंश र पितृ वंश दुवै खुल्दा व्यक्तिको परिचय प्रष्ट खुल्ने भएकाले मातृ वंश समावेश गर्न लागिएको हो ।

