अर्थ/बाणिज्य
काठमाडौं । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बढेको छ । आर्थिक सर्वेक्षणका अनुसार फागुन मसान्तसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको हो ।
गत आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्ममा जम्मा १० अर्ब १८ करोड रुपैयाँ लगानी भित्रिएको थियो । जुन, यो वर्षको फागुन मसान्तसम्मको तुलनामा करिब ६ अर्ब रुपैयाँले कम हो ।