मनसुनसहित तीन वायुको असर, यी क्षेत्रमा वर्षा

समाचार

barsha

काठमाडौं । नेपालमा मनसुनी प्रणालीसहित तीन वटा वायुको असर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव पनि नेपालमा छ ।

बिहान प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

बिहीबार प्रदेश १, मधेश, बागमती, गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार