घरको छतबाट खसेर महिलाको मृत्यु

समाचार

mahila-ko-mritu

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ मा दुई तले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

छतमा सुकाएका कपडा लिन गएकी महतोको गए राति लडेर मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार