पद्मश्री साहित्य पुरस्कारका उत्कृष्ट १५ पुस्तकको सूची घोषणा

कला/साहित्य

padmashri

काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची घोषणा गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेको हो । दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले जानकारी दिए ।

उत्कृष्ट पुस्तक यस्ता छन् ।

अग्नि( डा नवराज लम्साल
अर्को भोर( केशवराज ज्ञवाली
एक सम्बोधन समयमाथि ( दीनानाथ शर्मा
काफ्काको काम सकियो( राजव
गुरु( कविता राई
छाइल ( लोकराज भट्ट
ताल्चा( दिलीप बान्तवा
निनाद ( बल्लरी अलका आत्रये
पैतालामा हिउँ, आँखामा हिमाल( राजेन्द्रमान डंगोल
भिक्षूसँग प्रेम( उषा हमाल
भोजपुरको बाङ्मय ( डा विप्लव ढकाल
महाभारा ( बसन्त बस्नेत
मिथ्या( दीपक पराजुली
यादहरूको संग्राहलय( केवल विनाबी
सत्यमोहन( गिरीश गिरी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार