नेप्से ४१ अंकले वृद्धि, लगानीकर्ता उत्साहित

अर्थ/बाणिज्य

share-market

काठमाडौं । सेयर बजारमा बुधबार सकारात्मक माहोल देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । नेप्सेमा रौनकता छाउँदा लगानीकर्ता उत्साहित छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१।३९ अंकले बढेर १९६२।७१ विन्दुमा पुगेको छ । नेप्से २।१५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ६।५५ अंकले बढेर ३७९।१५ विन्दुमा पुगेको छ ।

कुल २२८ वटा कम्पनीको ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४३ करोड १४ लाख रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै व्यापार समूह बढेको छ ।

बुधबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ४२ लाख ७६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार दुईवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यसदिन मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य १.९१ प्रतिशतले घटेर ४ सय ११ रूपैयाँमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ विन्दुमा पुगेको छ । नेप्से २.१५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ६.५५ अंकले बढेर ३७९.१५ विन्दुमा पुगेको छ । कुल २२८ वटा कम्पनीको ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४३ करोड १४ लाख रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये बुधबार सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै व्यापार समूह बढेको छ ।

बुधबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ४२ लाख ७६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । दुईवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य १.९१ प्रतिशतले घटेर ४ सय ११ रूपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार