पाल्पा बस दुर्घटनामा यी हुन् ज्यान गुमाउने ६ जना

समाचार

laghuwa-palpa-bus-accident

बुटवल । पाल्पाको लघुवामा आइतबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा तीन महिला र तीन पुरुष गरी ६ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा–२ का ४५ वर्षीय यमबहादुर सोमै, नवलपरासी वर्दघाटकी २४ वर्षीया पूर्णिमा कामी र बागलुङ बडिगाडकी ५५ वर्षीया ओमकला थापा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनामा चालक सहित १६ जना घाइते भएका छन् । घाइतेमध्ये म्याग्दीकी सुमित्रा रोका र देवदहका खड्क बहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा बस चालक रुपन्देही कञ्चन गाउँपालिका वडा ५ का ३३ वर्षीय किसन श्रीस, बाग्लुङ बडीगाड गाउँपालिका वडा नं १० का १८ वर्षीय सिजन थापा, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरका ५५ वर्षीय गोविन्द थापा, गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं ८ मझुवाकी १८ वर्षीया प्रियंका काफ्ले छन् ।

चन्द्रकोट गाउँपालिका वडा नं ८ मझुवाकीकै २१ वर्षीया रचना सुवेदी, सोही ठाउँकै ६ वर्षीया रिया सुवेदी, गुल्मी चन्द्रकोटका ३१ वर्षीय चन्द्रबहादुर कामी पनि घाइते भएका छन् ।

अन्य घाइतेहरुमा कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं २ का ४२ वर्षीय पिताम्बर रेग्मी, गुल्मी सत्यवती गाउँपालिका वडा नं ६ खैरेनीका ३५ वर्षीय छविलाल ढकाल, सोही ठाउँकै १५ वर्षीय पुजन ढकाल, बाग्लुङ ढोरपाटन नगरपालिका वडा नं १ का ३० वर्षीय टेकलाल रसाइली, रौतहटको बृन्दावन गाउँपालिका वडा नं ७ का २८ वर्षीय संजयकुमार ठाकुर, म्याग्दी रुपा गाउँपालिका वडा नं ४ की ३९ वर्षीया सुमित्रा रोका, सोही ठाउँकै ४ वर्षीय विश्वास रोका र रुपन्देही देवदह नगरपालिका वडा नं ७ का खड्क बहादुर विक छन् ।

सबै घाइतेहरुको उपचार पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा भइरहेको छ ।

विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा बस दुर्घटना भएको चालकले बताएको प्रहरीको भनाइ छ । बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार