‘ए मेरो हजुर–४’ को कमाई सातामै ४ करोड बढी

कला/साहित्य

anmol-kc-and-suhana-thapa1650681189

काठमाडौं ।  नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ले एक सातामा चार करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट रिलिज भएको चलचित्रले एक हप्तामा चार करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको हो ।

“हाम्रो चलचित्रले एक हप्तामा चार करोड रुपैयाँ कलेक्सन गरेको छ । अहिलेको समयमा यो कलेक्सन राम्रो हो,” निर्माता सुनील कुमार थापाले भने, “अहिले पनि हलमा राम्रो चलेको छ । पहिलो हप्ता जसरी हाम्रो चलचित्र चल्यो, दोस्रो हप्ता पनि त्यस्तै चलिरहेको छ ।”

‘ए मेरो हजुर–४’ ‘केजीएफ’सँग एकै दिन प्रदर्शनमा आएको थियो । ‘केजीएफ’ले भने ग्रस कलेक्सन सार्वजनिक गरेको छैन । चलचित्र हलबाट उत्रिएपछि मात्रै यसको कलेक्सन सार्वजनिक गर्ने मनोज राठीले जानकारी दिए ।

दोस्रो हप्तामा पनि शो नघटेको उनले बताए । “पहिलो हप्तामा हाम्रो चलचित्रलाई जति शो दिइएको थियो । दोस्रो हप्तामा पनि त्यति नै छ । शो घटेको छैन,” निर्माता थापाले भने । झरना थापाले निर्देशन गरेको चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार