पेट्रोल र डिजेलको मूल्य ह्वात्तै घट्यो

अर्थ/बाणिज्य

काठमाडौं, ३१ भदौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य घटेर आएपनि नेपालमा पनि मूल्य समायोजना निगमले जनाएको छ ।

नयाँ पेट्रोलमा प्रतिलिटर ४ र डिजेल÷मट्टितेलमा ५ रुपैयाँले घटाइएको हो । जसअनुसार नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १५६.५०, दोस्रोमा १५८ र तेस्रोमा १५९ रुपैयाँ भएको छ ।

त्यस्तै, डिजेल÷मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १४६.५०, दोस्रोमा १४८ र तेस्रोमा १४९ रुपैयाँ भएको निगमले जनाएको छ ।
पहिलो वर्गअन्तर्गत जनकपुर, चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् भने दोस्रोमा सुर्खेत र दाङ पर्दछन् । त्यस्तै, काठमाडौं, पोखरा र दिपायल पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार