सप्तरी, ३ चैत । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष मोहन हरि आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष आचार्यले नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय जनकपुरका का.मु. निर्देशक रामेश्वर पोखरेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
आचार्यलाई फागुनन २३ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाल निर्वाचित सञ्चालकहरु मध्येबाट सोही दिन बसेको संचालक समितिको १६३ औं बैठकबाट अध्यक्षका रुपमा सर्वसम्मत चयन गरेको थियो ।
नेपाल राष्ट्र बैंक, प्रदेश कार्यालय जनकपुरमा भएको उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य अधिकृतहरु तथा महुली लघुवित्तका पूर्व संचालक समिति अध्यक्ष श्री प्रभु नारायण चौधरी तथा वर्तमान संचालकहरूको उपस्थिति रहेको थियो ।