
काठमाडौं, १४ असोज । नवघोषित कुमारी आर्यतारा शाक्यले आज आसन ग्रहण गर्ने भएकी छन्।
आर्यतारालाई आज दिउँसो १२स्०५ बजेदेखि १२स्१६ बजे बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ। त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने छ।
काठमाडौं इटुम्बहालकी आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको हो। कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो।
स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई आज मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराउने तयारी पूरा गरिएको हो।
