भारतीय बैंकले अब नेपाललगायत छिमेकी देशका नागरिकलाई पनि रुपैयाँमै ऋण दिने

अर्थ/बाणिज्य

बर्दिवास, १६ असोज । भारतको केन्द्रीय बैंक ९आरबीआई० ले अब भारतीय बैंक र तिनका विदेशस्थित शाखाले नेपाल, भूटान र श्रीलङ्का लगायत छिमेकी देशका नागरिकलाई रुपैयाँमै ऋण दिन सक्ने व्यवस्था गरेको छ ।

यसअघि भारतीय बैंकमार्फत यस्तो सुविधा उपलब्ध थिएन । यस निर्णयसँगै नेपाली नागरिक वा व्यवसायिक संस्थाले भारतीय बैंकहरूबाट प्रत्यक्ष रुपैयाँमा कर्जा लिन सक्नेछन् । आरबीआईले बुधबार मौद्रिक नीति घोषणा गर्दै नेपाल, भूटान र श्रीलङ्कालाई लक्षित गर्दै नयाँ प्रावधान लागू गरेको हो ।

आरबीआईका गभर्नर सञ्जय मल्होत्राले यो कदमलाई भारतीय रुपैयाँ अन्तर्राष्ट्रियकरण गर्ने ठूलो योजनाको हिस्सा भएको बताएका भारतीय पत्रिका इन्डिएन एक्सप्रेसले जनाएको छ ।

ट्रम्पले ब्रिक्स मुलुकले नयाँ मुद्रा ल्याउने प्रयास गरे आयातमा १०० प्रतिशत कर लगाउने बताएका थिए । यसैका बीच भारतले क्षेत्रीय स्तरमै भए पनि रुपैयाँलाई प्रमुख बनाउने कदम चालेको छ ।

आरबीआईले यसअघि नै विशेष रुपैयाँ भुक्तानी खाता ९एसआरभीए० को माध्यमबाट व्यापार भुक्तानीमा रुपैयाँ प्रयोगको ढोका खोलिसकेको थियो ।

तर प्रत्यक्ष कर्जा दिने सुविधा भने पहिलो पटक नेपालसहित छिमेकी मुलुकमा लागू गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार