दलीय व्यवस्थामा राजनीतिक दललाई निषेध गरेर चुनाव हुन सक्दैन: प्रदीप ज्ञवाली

Uncategorized

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देशको राजनीतिक स्थायित्व र विकास सुनिश्चित गर्न सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्ने बताएका छन्।

प्रेस चौतारी गुल्मी शाखाद्वारा आज तम्घासमा आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले देशको विकासको पहिलो सर्त राजनीतिक स्थायित्व रहेको बताएका हुन् ।ज्ञवालीले भने ‘देश विकासको मार्ग प्रशस्त गर्न सबै दल र युवा एकसाथ भएर काम गर्नु जरुरी छ, अनि पार्टीलाई सशक्त र जनमुखी बनाउने अभियान जारी रहनेछ ।’

उक्त अवसरमा उनले हालैको जेनजी आन्दोलनमा घुसपैठ भएको र सुनियोजित ढंगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी गरिएको टिप्पणी पनि गरेका छन् ।
‘वर्तमान सरकारलाई संविधानले मान्यता दिएको होइन । चुनावमा पनि अग्रसर छैन । पुरानै नेताहरू आए खारेज गर्छौं भन्ने चेतावनी दिँदै चुनावको मिति तोक्ने, तर शीर्ष नेताहरूलाई उपत्यका बाहिर जान नदिने काम भइरहेको छ । यसरी कसरी चुनाव हुन्छ भनेर जनता कसरी विश्वास गर्ने ? दलीय व्यवस्थामा राजनीतिक दललाई निषेध गरेर चुनाव हुन सक्दैन ’ उनले भनेका थिए।

ज्ञवालीले वर्तमान प्रधानमन्त्री र उनको वरपरको समूहले प्रत्यक्षरअप्रत्यक्ष रूपमा चुनाव रोक्ने वातावरण बनाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार