सेवा दिएका अस्पतालहरुलाई दिनको लागि बिमा बोर्डले माग्यो सरकारसंग ७ अर्बभन्दा बढी रकम

समाचार

काठमाडौं: स्वास्थ्य बिमा बोर्डले सरकार संग थप सात करोड २५ करोड ८३ लाख रकम माग गरेको छ। सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अन्तगत रहेर स्वास्थ्य सेवा प्रदान गरी रहेका सेवा प्रादायिक स्वास्थ्य संस्थाहरुलाई सोधभर्नाको बक्यौता तिर्नको लागि स्वास्थ्य मन्त्रालय हुदै अर्थ मन्त्रालय संग थप ७ अर्व २५ करोड भन्दा बढी रकम माग गरेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भने ‘ बीमा बोर्डले सात अर्व २५ करोड ८३ लाख रुपैयाँ भए अस्पतालहरुमा रहेको असोज मसान्तसम्मको सबै बक्यौता पुरा हुने भन्दै थप रकम माग गरिदिन बोर्डले हामीलाई पत्र पठाएको थियो हामीले सोही पत्रको आधारमा अर्थ मन्त्रालय संग रकम माग दावी गरेका छौँ, अब आएपछी बिमा बोर्डलाई दिन्छौँ’।

यता बिमा बोर्डले पनि असोज मसान्तसम्मको पुरानो सबै सोधभर्नाको भुक्तानी यसअघिनै प्रतिबद्धता जनाएको हुँदा सोही अनुसारको रकम माग गरिएको जनाएको छ। त्यसो त बोर्डले लामो समय देखि थपिदै गएको माग दावीको रुजु गरी स्वीकृत गर्न तीन महिने करारमा १८० जना चिकित्सक सहितको जनशक्ति लिएर काम गरेको थियो । सो जनशक्तिले सबै दावी भुक्तानीको रुजु गरेर सात करोड २५ करोड ८३ लाख रकम दाबी पुग्ने पुष्टि गरेको थियो।

सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्व रकम बिनियोजन गरेको थियो । सो मध्ये आधाभन्दा बढी रकम बोर्डले सेवाप्रदायिक स्वास्थ्य संस्थाहरुलाई वितरण गरिसकेको छ।अब सरकारले ७ अर्व रकम निकास गरिदिए पछि बोर्डको हालसम्मको बाँकी बक्यौता रकम सकिने जनाएको छ।

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि सूचीकृत भएका अस्पतालहरुले भुक्तानी नपाउँदा चिकित्सक तथा स्वास्थ्यकर्मी कर्मचारीहरुको तलव भत्ता, उपचारका लागि खरीद गरिएका औषधी तथा उपकरणको भुक्तानी दिन समेत अफ्टेरो परेको बताउँदै आएका छन्।

केही दिन अघि स्वास्थ्य बिमा मार्फतको सबैभन्दा धेरै सेवा दिने वीर अस्पतालको निरिक्षणमा पुग्दा स्वास्थ्य मन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमाको जटिलताहरुलाई समाधान गर्दै लैजाने र बिमाको प्रभावकारीता बढाउने बताएकी थिइन। सो अवसरमा स्वास्थ्य मन्त्री डा शर्माले भनेकी थिइन ‘ स्वास्थ्य बिमामा देखिएका आर्थिक तथा अन्य प्रविधिक समस्यालाई समाधान गर्दै लैजाने छौँ र बिमा मार्फतको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने छौँ’।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार