मेडिक काउन्सिलको सदस्यमा दुई चिकित्सक नियुक्त

समाचार

काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलकाे रिक्त सदस्य पदमा दुई जना चिकित्सक नियुक्त गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतम शर्माले विहिबार मन्त्रीस्तरिय निर्णय गर्दै काउन्सिलको सदस्यमा डा प्रकाश बुढाथोकी र डा. ईन्द्र कुमार झालाई सदस्य पदमा नियुक्त गरेकी हुन्।

डा बुढाथोकीलाई डेन्टल समूहबाट र डा झालाई मेडिकल समुहबाट नियुक्त गरिएको मन्त्रालयले जनाएको छ। डा झा हाल वीर अस्पतालमा कार्यरत रहेका छन भने डा बुढाथोकी मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई प्रमुखका साथै मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका छन। काउन्सिलमा तीन जना सदस्य स्वास्थ्य मन्त्रीस्तरिय निर्णयबाट नियुक्त गर्ने व्यवस्था छ। काउन्सिलमा सरकारले अझ एकजना नियुक्त गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार