
काठमाडौं: स्वस्थ शरीरका लागि थाइराइड हर्मोन शरीरमा धेरै पनि हुनु हुँदैन र कम पनि हुनु हुँदैन तर थाइराइड ग्रन्थिको काममा गडबडी भएमा थाइराइड हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ। हर्मोन बटी उत्पादन हुनुलाई हाइपर थाइराइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन हुने थाइराइडलाई हाइपो थाइरोडिज्म भनिन्छ।
यो घाँटीको अगाडि पट्टी रहेको हुन्छ। यो ग्रन्थीले थाइरोक्सिन (टी -३) र ट्राइआयोडो थाइरोनिन (टी-४) हर्मोनको उत्पादन गर्छ। थाइराइडको खास काम शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो। यसैले थाइराड ग्रन्थीलाई शरीरको एक्सिलेटर पनि भनिन्छ।
को हुन्छ थाइराइडको जोखिममा?
थाइराइड जोसुकैलाई र जुनसुकै उमेरका मानिसलाई पनि हुन सक्छ। तर यो समस्या विशेषगरी ४० बर्ष माथिका महिलालाई देखिन्छ।तर पुरुषमा पनि थाइराइड हुदै नहुने भन्ने हुँदैन। महिलाहरुमा रोग प्रतिरोधात्मक क्षमताको गडबडीले गर्दा यो समस्या महिलामा धेरै अलि बढी हुने गरेको पाइन्छ।
यस्ता लक्षण शरिरमा देखिरहेको छ थाइराइड गडबड भएको हुनसक्छ है
– खान कम रुच्ने
– खाना कम खाए पनि शरीर मोटाउँदै जाने
-गर्भवती हुन चाहने महिलाको गर्भ नबस्ने वा बच्चा बसे पनि गर्भ खेर जाने
– खानमा धेरै रुचि भए पनि शरीर दुब्लाउँदै जाने, कपाल झर्ने
-शरिर आलस्य हुने
– रुघाखोकी बारम्बार लागिरहने
– महिलामा महिनावारी गडबड हुने
– बोल्न गाह्रो हुने वा स्वर धोद्रो हुने
– खुट्टा नचल्ने र कसैकसैमा आँखा बाहिर निस्कने जस्ता लक्षणहरु शरिरमा बारम्बार देखिन्छ भने थाइराइडको संका गरेर एक पटक परिक्षण गर्नु आवश्यक हुन्छ। यदि थाइराइडको उपचार बेलैमा गरिएन भने शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ, रक्तचाप घटबढ हुन्छ, मुटुमा समस्या देखिने, कब्जियत हुने, महिलामा महिनावारी गडबड हुनुका साथै बाझोपन देखिने, डिप्रेसन निम्ताउनुका साथै मृगौलामा पनि असर गर्छ।
बेलैमा उपचार गरेमा र खानपानमा ध्यान दिएमा थाइराइड निको हुन्छ। कहिलेकाँही हाइपर थाइराइडमा मधुमेह समेत देखापर्ने हुँदाँ शरीरमा अन्य संक्रमण बढ्ने सम्भावना पनि हुन्छ। थाइराइडको लक्षण देखापर्ने वित्तिकै डाक्टरसँग जाँच गराउनुपर्छ। यसका अलवा सन्तुलित खाना खाने, हरिया सागसब्जी, फलफूल, आयोडिनयुक्त खानेकुरा र माछा खाने गर्नुपर्छ। थाइराइड हर्मोन कम भएकाहरुलाई माछाले फाइदा गर्ने हुँदा माछा खानु उत्तम मानिन्छ।
हर्मोन रोग विशेषज्ञ डा. सन्तोष शाक्यसँगको कुराकानीमा आधारित
