ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति

अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन्।

ट्रम्पले ट्रुथ सोसलमा आफ्नो एउटा तस्बिर पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भनेका हुन्।

जनवरी ३ मा अमेरिकाले भेनेजुएलाविरुद्ध कारबाही गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई कब्जा गरेको थियो।

मादुरोले हतियार र लागूपदार्थ तस्करीको आरोपमा अमेरिकामा मुद्दाको सामना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार