चिसोमै किन बढ्छ हृदयघात र रक्तनलीका समस्या ?

समाचार

काठमाडौं, १ माघ । चिसो मौसममा देखिने धेरै स्वास्थ्य जटिलता मध्ये एक हो, मुटुसम्बन्धी समस्या। त्यसैले अन्य मौसममा भन्दा चिसोमा मुटुसम्बन्धी सामान्यदेखि जटिलसम्मका समस्या लिएर नियमित तथा आकस्मिक समयमा अस्पताल पुग्ने बिरामी धेरै हुन्छन्।

नियमित रक्तचाप तथा अन्यखालका मुटु सम्बन्धी स्वास्थ्य समस्या भएका व्यक्तिहरु चिसो मौसममा मुटु सम्बन्धी आकास्मकि स्वास्थ्य समस्याको जोखिममा हुन्छन। जसले गर्दा चिकित्सकहरुले जोखिमपुर्ण समुहमा रहेका हुन की स्वास्थ्य अवस्थामा सामान्य भएका व्यक्ति चिसो मौसममा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्छन।

विशेषगरी पहिलेदेखि नै मुटु र मुटुजन्य समस्या समस्या भएकाहरू, (मधुमेह, उच्चरक्तचाप तथा उच्च कोलेस्ट्रोरोल) समस्या भएका बिरामी जुनसुकै मौसममा हृदयघात तथा अन्य प्रकारका मुटुसम्बन्धी समस्याको जोखिममा हुन्छन्।

यस्ता समस्या हुनेका लागि चिसो मौसममा ‘भ्याजुस्पाजम’ अर्थात् मुटुका रक्तनली एक्कासी बन्द हुने समस्या हुन्छ। यसले मुटुको कुनै भागमा तत्काल रक्तसञ्चार अवरोध हुन्छ र हृदयाघातको जोखिम बढाउँछ।

विशेषगरी यो मौसममा खानामा धेरै रुचि हुन्छ, यसले शरीरमा मोटोपना र आलस्य बढाउँदै लैजान्छ। धेरै खाना खाने अल्कोहल बढी लिने, धूमपान गर्नाले तथा व्यायम नगर्ने गर्नाले बोसोलगायत अन्य कारणले रक्तनली खुम्चिने र हृदयाघातको जोखिम बढाउने तत्त्व सक्रिय हुने हुन्।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार खाना धेरै रुच्ने,चिसोकारण शरिर पनि खासै धेरै नगरिने हुन्छ। हाम्रो शरीरमा हुने हर्मोन रातिको २ बजे देखि (बिहानीपख) बढी एक्टिभ हुन्छन। त्यसैअनुसार क्याटोकल एमोन हर्मोन बिहानको समयमा धेरै एक्टिभ हुन्छ। फलस्वरूप यसले हाम्रो शरिरको चिल्लो पदार्थ बढ्छ। रगतनली साँघुरो बनाउँछ। अनि हृदयाघात हुन्छ।

यस्तै डा अनिलका अनुसार हृदयाघातको जोखिम बढ्ने दोस्रो कारण भनेको कम शारीरिक व्यायाम हो। चिसोकै कारण यो समयमा शारीरिक व्यायाम कम गर्ने धेरैको बानी हुन्छ। यसले गर्दा मुटुको स्वास्थ्यको लागि उच्च जोखिम मानिएको कोलेस्ट्रोरोल मधुमेह तथा उच्चचाप जस्ता समस्या पनि बढ्छ र मानिसमा आकस्मिक हृदयाघातसहित पक्षघात जस्ता समस्या यो मौसममा बढ्छ।

यस्तै मुटु पछि यो मौसममा रक्तनलि सम्बन्धी विभिन्न प्रकारका समस्याहरु पनि बढ्ने, फोक्सो तथा नसा रोग विशेषज्ञ डा। सञ्जीतकुमार साह बताउछन। उनका अनुसार यो मौसममा मुटु मात्रै नभएर रक्तनली सम्बन्धी स्वास्थ्य समस्याहरु समेत बढ्छ। चिसोको कारण प्रत्यक्ष असर पर्ने भनेको रक्तनलीहरूलाई हो। विशेषगरी हाम्रो शरीरको बाहिरी भाग (हात, औँला, गोडा) रहेका नसा चिसोबाट धेरै प्रभावित हुन्छन्। चिसोले गर्दा विशेषगरी यस्ता रक्तनलि ( नशा) हरु साँघुरिन्छ र जाडो भन्दै शारिरिक व्यायम पनि कम गरिन्छ यसले गर्दा शरीरमा रक्तप्रवाह हुन पाउँदैन र रक्तनली सम्बन्धी समस्या देखिन्छ। यसले ह्यदयघातको जोखिम समेत बढाउछ।

त्यसैले पहिलेदेखि नै रक्तनलीमा समस्या भएका, मुटुजन्य समस्या तथा उच्च रक्तचाप र उच्च कोलेस्टरोलको समस्या भएकाले चिसो मौसममा विशेष सावधानी अपनाउनुपर्ने डा साहको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार