
विराटनगर,१० माघ । मान्छेबाट यौन दुर्व्यवहार भोगेको विराटनगरको एक कुकुरलाई उद्वार गरिएको छ । पशुअधिकारकर्मी इरफान खानले सो कुकुरलाई बुद्ध एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याएर उपचार थालिएको जानकारी दिए । इरफान खान अवोध एवं वेवारिसे पशुप्राणीको हितमा काम गरिरहेका छन् ।
गर्भवती कुकुरलाई बन्धक बनाएर एक पुरुषले नियमितजसो यौनजन्य दूर्व्यवहार गर्दै आएको खुलासा भएको थियो । उक्त कुकुरलाई सिल्पिङ ट्याबलेट खुवाउने गरिएको इरफानले बताए । ‘उनको गर्भावस्था र उनलाई जबरजस्ती खुवाइएको निदाउने औषधिको ओभरडोजको कारणले के(कस्तो असर परेको छ, स्वास्थ्य जाँच गरिदैछ’ इरफानले भने। अपराधीको खोजीका लागि प्रहरीसँग मिलेर काम गरिरहेको उनले जानकारी दिए ।
