‘गोबर गणेश’ले ९ दिनमा कमायो एक करोड १० लाख

कला/साहित्य

बर्दिवास, १० माघ । हाँस्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘गोबर गणेश’ को बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ ।

माघे संक्रान्तिको अवसर पारेर माघ १ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले १ करोड १० लाख रुपैयाँ बढीको ग्रस कलेक्सन गरेको छ । यो कमाई प्रदर्शन भएदेखी ९ दिनसम्मको हो ।

प्रदर्शनको दोस्रो सातामा पनि चलचित्रले हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको निर्माण टिमको दाबी छ। दर्शकको सकारात्मक प्रतिक्रियाका कारण ‘गोबर गणेश’ हेर्ने दर्शकको संख्या दिनप्रतिदिन बढ्दै गएको निर्माण टिम बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार