सुनको भाउ आज फेरि आकासियो

अर्थ/बाणिज्य

बर्दिवास, १४ माघ । सुनको मूल्य बुधबार फेरि उकालो चढेको छ । उकालो चढेको सुनको मूल्यले सगरमाथा छुन लागेको हो ।

बुधबार सुनको मूल्य एकैपटक ९ हजार पाँच सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार