डाक्टरको लाइसेन्स परीक्षामा आधाभन्दा धेरै फेल किन ?

समाचार

काठमाडौं, १६ माघ । हालै मात्र सम्पन्न भएको मेडिकल काउन्सिलको चिकित्सकहरुको नाम दर्ता ९ लाइसेन्स परिक्षा० मा ३९ दशमलव विद्यार्थी उत्तिण भए।
यो भनेको परिक्षा सहभागी भएका कुल विद्यार्थीको आधा पनि होइन।

काउन्सिलका रजिष्ट्रार डा सतिश देवका अनुसार बुधबार सम्पन्न ७४ औँ लाइसेन्स परीक्षामा यसपटक एमबीबीएस र बीडीएसका गरी ९६७ जनाले फारम भरेका थिए । तर परीक्षाका बेला २४ जना अनुपस्थित थिए।

यसमध्ये यसपटक एमबीबीएसमा कुल ७९३ जनाले फारम भरेकामा ७७५ जना सहभागी थिए त्यसमध्ये ३०० जना ९३८।७१ प्रतिशत० मात्रै उत्तीर्ण भएका हुन। भने डेन्टल तर्फको (बीडीएस) मा कुल १७४ जनाले फारम भरेकामा परीक्षाका बेला १६८ जना मात्रै सहभागी भए। ती मध्ये ७२ जना (४२।८६ प्रतिशत) मात्रै उत्तीर्ण भएका हुन्।

यसरी पुल्चोकस्थित नेपाल इन्जिनियररिङ अध्ययन् संस्थान परीक्षा केन्द्रमा कम्प्युटर विधिबाट मंगलबार र बुधबार लिइएको उक्त परीक्षामा एमबिबिएस र बीडीएस गरेर सहभागी ९४३ जनामध्ये ३७२ जना मात्रै उत्तीर्ण भएका हुन्।

यो लाइसेन्स परीक्षामा अनुत्तीर्णको संख्या सहभागी भन्दा दुई आधा भन्दा बढी हो। यसले गर्दा कतै नेपालको चिकित्सा शिक्षाको पढाइको गुणस्तर खस्किदै गएको त होइन भन्ने प्रश्न देखिएको छ।

यसपटक किन यति धेरै भए फेल ?
काउन्सिलको परीक्षामा यस पटक किन यति धेरै विद्यार्थी फेल भए त भन्ने प्रश्नमा काउन्सिलका रजिष्ट्रार डा देवले भने ‘ यस पटक भर्खरै एबिबिएस पास गरेर लाइसेन्स परिक्षा दिने विद्यार्थी भन्दा पनि यसअघि पास हुन नसकेर दोहोर्यासएर परिक्षा दिने विद्यार्थीहरु धेरै हुँदा लाइनेन्समा फेल हुने संख्या धेरै भएको हो’।

यस्तै काउन्सिलको अर्को स्रोतका अनुसार फ्रेस विद्यार्थी मात्रै नभएर बाहिरबाट पढेर आउने विशेषगरी चीन र बंगलादेश धेरै लाइसेन्स परिक्षामा यसपटक धेरै सहभागी हुदा र उनीहरुको पढाइ कमजोर हुदाँ पनि धेरैले यसपटकको काउन्सिलको लाइसेन्स परिक्षा पास गर्न नसकेका हुन।

चीन तथा बंगलादेशका कलेजहरुको चिकित्सा शिक्षा गुणस्तार एकदमै कमजोर हुने हुदाँ यस्ता विद्यार्थी १०–१५ पटकसम्म लाइसेन्स परीक्षामा सहभागी हुँदा समेत पास हुन सक्दैन।

भर्खरै विश्व विद्यालयबाट एमबीबीएस र बीडीएस पास भएर आएका भन्दा पटक(पटक परीक्षा दिँदा पनि लाइसेन्स पास हुन सक्दैन। यसपटक पनि भर्खरै विश्व विद्यालयबाट एमबिबिएस पास गरेर लाइसेन्स परिक्षामा सहभागीहरु पास हुने दर धेरै रहेको र दोहोर्यापएर परिक्षा दिने विद्यार्थीहरु पास हुने दर कम रहेको काउन्सिलका रजिष्ट्रार डा देवको भनाइ छ।

एकपटक परीक्षामा फेल भएकाहरूले ४ महिनापछि पुनस् परीक्षा दिन पाउने व्यवस्था भने काउन्सिलले गरेको छ। पास नहुन्जेलसम्म चिकित्सकहरूले लाइसेन्स परीक्षा दिइरहन पाउँछन्। एमबीबीएस पढाइ पूरा गरिसकेपछि क्लिनिकल प्राक्टिस गर्नका लागि काउन्सिलबाट लाइसेन्स परीक्षामा पास हुनैपर्छ।
पेपरलेस हुन्छ चिकित्सक लाइसेन्स परीक्षा

काउन्सिलले हरेक ४र४ महिनामा विश्वविद्यालयबाट एबिबिएस पास गरेका विद्यार्थीहरुलाई लाइसेन्स परीक्षा लिने गर्छ। यो परिक्षामा पास भए पछि मात्रै विद्यार्थीहरुले डाक्टरको हैसियतमा विरामी परिक्षण गर्न पाउछन।

यसरी काउन्सिलले लिने परीक्षा सबै पेपरलेस हुने हुँदै आएको छ। परीक्षामा सहभागी हुन परीक्षार्थीले अनलाइनबाट आफूले एमबीबीएस पूरा गरेको प्रमाणपत्रसहित फाराम भर्नुपर्छ।

यसरी भरेको फारामलाई काउन्सिलले अनलाइनबाटै कागजपत्र जाँच गरी भेरिफाइ गर्छ र परीक्षाका लागि योग्य भए इ(मेलबाट प्रवेशपत्र पठाइदिन्छ। परीक्षार्थीले लाइसेन्स परीक्षा दिन आउँदा त्यो प्रवेशपत्र प्रिन्ट गरेर प्रवेशपत्रसहित परिचय खुल्ने आफ्नो अरू कुनै कागजपत्र पनि साथमै ल्याउनुपर्छ।

परीक्षार्थीलाई परीक्षा हलभित्र छिर्नुभन्दा अगाडि तीन ठाउँमा जाँच ९चेक० गरिन्छ। पहिलो चेकमा परीक्षार्थीको प्रवेशपत्र जाँच गरिन्छ। विद्यार्थीलाई प्रवेशपत्र दिँदा बारकोड राखिएको हुन्छ। यसरी प्रवेशपत्र चेक गर्दा उक्त बारकोड र प्रवेशपत्रमा भएको फोटो र प्रत्यक्ष रूपमा सहभागी भएको मानिससँग दाँजेर चेक गरिन्छ।

दोस्रो र तेस्रो चेकमा परीक्षार्थीको झोला, मोबाइल चेक गरिन्छ। परीक्षार्थीले प्रवेशपत्रबाहेक केही लैजान पाउँदैन। १५ जना परीक्षार्थी बराबर एकजना निरीक्षक खटिएका हुन्छन्।

अर्को महत्त्वपूर्ण कुरा यो परीक्षामा एकपटक सोधिएको प्रश्न अर्को पटक सोधिँदैन। तर प्रश्नहरू भने सबै मेडिकल कलेजमा चिकित्सा शिक्षा अध्यापन गराइरहने ५० जना चिकित्सकले नै बनाउँछन्। परीक्षामा २३ वटा विषयमा प्रश्न बनाइएका हुन्छन्। जुन विद्यार्थीहरूले एमबीबीएस अध्ययन गर्दा नै समेटिएका विषयवस्तुमा आधारित हुन्छन्। कम्प्युटर प्रणालीबाट लिने परीक्षा काउन्सिलले प्रायः पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा लिने गर्छ।

परीक्षाको सम्पूर्ण नतिजा नआएसम्म त्यहाँ रहेका र अनुगमन गर्न गएका स्वास्थ्य र शिक्षा मन्त्रालय, प्रतिष्ठान, स्वास्थ्य व्यवसायी परिषद्लगायतका अधिकारी तथा परीक्षा गराउन सहभागी भएकाहरूलाई बाहिर जान दिइँदैन।

काउन्सिलले परीक्षामा मोबाइललगायतका उपकरणको उपयोग गर्न नदिन र परीक्षामा चोरी र अनियमितता हुन नदिन ुजामरुको समेत प्रयोग गर्छ। यसले गर्दा मेडिकल काउन्सिलबाट लिने लाइसेन्स परिक्षा एकदमै कडा हुन्छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार