एकै दिन ह्वात्तै घट्यो सुनको भाउ

अर्थ/बाणिज्य

बर्दिवास, ५ चैत । पाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन, बिहीबार ९चैत ५० तोलामा ५४ सयले घटेको हो ।

आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुनबराबर तीन लाख दुई हजार २०० रुपैयाँ तिर्नुपर्नेछ ।

अघिल्लो दिन तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य १४० रुपैयाँले घटेर तोलाको पाँच हजार १० रुपैयाँ कायम भएको छ।

बुधबार पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार