वर्षाले बीपी राजमार्ग अवरुद्ध

समाचार

बर्दिवास, ७ चैत । बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने कालढुंगा–दाउने सडक अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार, अविरल वर्षाले रोशी खोलाको पानीको बहाव बढ्नुका साथै सडकमा समेत क्षति पुगेको छ ।

सिन्धुलीको प्रहरी चौकी दुम्जामा २५र३० वटा र जिल्ला प्रहरी कार्यालय सिन्धुली चेकपोस्टमा १२र१३ वटा सवारीसाधन होल्डमा राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार