यस्तो आज तपाईको राशीफल

धर्म/ज्योतिष

मेष – परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। समयमा निर्णय लिन नसक्दा काम रोकिन सक्छ। मध्याह्नपछि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। साथीभाइको सहयोग जुट्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनले नयाँ गति लिनेछ। लेखन कलामा पनि निखारता आउनेछ।

बृष – चिताएको काममा बिहानै जुट्नुहोला, सोचेजस्तै सफलता मिल्नेछ। सहयोगीले साथ दिनेछन् भने प्रतिस्पर्धीले समेत सहयोगका हात फैलाउन सक्छन्। दाजुभाइमा आत्मीयता बढ्नेछ। दिउँसोदेखि विश्वासिला व्यक्तिहरूले धोका दिने हुँदा काम रोकिन सक्छ। पहिलेका कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला। धेरै नजिकिनेहरूले पनि सताउन सक्छन्।

मिथुन – अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र चिताएको काम सम्पादन हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। व्यवसायतर्फ पहिलेको उपलब्धिले थप काम गर्न हौसला मिल्नेछ। साँझतिर नयाँ जिम्मेवारी समेत बढ्नेछ र पेसा–व्यवसायमा फाइदा हुनेछ। दिगो काम प्रारम्भ हुनेछ।

कर्कट – मिहिनेतले व्यक्तित्व निखार्ने समय छ। दिगो योजना प्रारम्भ हुन सक्छ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। तर परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। बोली व्यहारमा संयम रहँदै गरिएको मिहिनेतले फाइदा दिलाउनेछ।

सिंह – आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। सस्तो लाभमा लोभिँदा व्यर्थैमा खर्च हुनेछ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। साँझतिर स्थिति अनुकूल बन्नाले मनग्य लाभ हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कन्या – दिउँसोसम्म समय विशेष लाभदायी रहनेछ। पेसा र व्यवसायले राम्रो लाभ दिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। तर साँझतिर धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। काममा छुट्याएको लगानी अरूका लागि खर्च हुन सक्छ।

तुला – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार(व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ। मध्याह्नपछि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। थोरै लगानीबाट लाभ उठाउन सकिनेछ।

बृश्चिक – सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। भाग्यले विभिन्न अवसर दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।

धनु – समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला। बाध्यात्मक परिस्थितिले सताए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुट्नेछन्। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

मकर – प्रियजनसँग भेटघाट हुनेछ। तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ, सम्बन्ध कमजोर बन्ने समय छ। उधारो व्यापार गर्नुपर्ला। आँटेको यात्रा रोकिन सक्छ। काम बिग्रनाले अलि दुःख पाइनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। साँझतिर स्वास्थ्य कमजोर बन्नेछ। विश्राम र आहारविहारमा ध्यान पुर्याउनुहोला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउनेछन्।

कुम्भ – हिम्मत गर्दा चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। मिहिनेतले नयाँ अवसर दिलाउन सक्छ। साँझतिर कामबाट फुर्सद पाइनेछ। तर मनोरञ्जन र पहिरनको सोखले खर्च बढाउन सक्छ। निम्तो मान्ने क्रममा आतिथ्य खर्चिलो बन्ने देखिन्छ।

मीन – सुखद् समाचारले प्रसन्नता दिलाउनेछ। सहयोगी जुट्नाले काम बनाउन सकिनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। साँझतिर विवादास्पद काममा हात हाल्दा आलोचित बन्नुपर्ला। स्वास्थ्यमा केही कमजोरी र काममा पनि खर्चको समय रहनेछ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार