‘लुसिफर राइजिङ’ का निर्देशक सहलेस बर्खास्त

कला/साहित्य

काठमाडौं, १८ जेठ । सरकार विरुद्ध अफवाह फैलाएको र सम्पूर्ण नाट्य जगतको अपमान गरेको भन्दै मझुवा बगर जनकला मन्चले निर्देशक सहलेसलाई बर्खास्त गरेको छ । मझुवा बगरका वसन्तनाथ लामिछाने ‘चट्टान’ ले सहलेलाई बर्खास्त गरिएको व्यहोराको लिखित पत्र एक थिएटर नेपाललाई गराएको छ ।

एक थिएटर नेपालले विज्ञप्तिमा भनेको छ, ‘नाटकको निर्माण पक्ष, नाटकमा सम्बद्ध कलाकारहरु र नाटकका अन्य जिम्मेवार पक्षसँग लामो समय गहन रुपले छलफल गरी नाटकलाई निर्माण संस्थाले पारित गरेको स्क्रिप्टभित्र रही (इम्प्रोभाइज नगरी) पुनः प्रदर्शन गर्ने सहमति भएको छ ।’

मझुवा बगरले थापागाउँस्थित एक थिएटर नेपालको हल भाडामा लिएर ‘लुसिफर राइजिङ’ नाटक मन्चन गरेको थियो । मझुवा बगरले गत जेठ १ गतेदेखि २० गतेसम्म नाटक मन्चन गर्ने गरी हल भाडामा लिएको थियो । तर, बीचमै एक कलाकारले नाटकमा नखेल्ने बताएपछि नाटक रोकिएको थियो ।

पछि नाटकमा राजनीतिक दबाब आएको भन्दै अनिश्चितकालका लागि मन्चन रोकिएको भन्दै निर्देशक सहलेस सम्पर्कविहीन भएका थिए ।

लुसिफर नामक नाम प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गर्नलाई आलोचकहरुले प्रयोग गर्ने गरेका छन् । यही कारण नाटकमा राजनीतिक हस्ताक्षेप भएको हो कि भन्ने आशंका तीव्र रुपमा फैलिएको थियो । तर, पछि राजनीतिक दबाब आएको भन्ने कुरालाई निर्देशक सहलेसले पुष्टि गर्न सकेनन् ।

खासमा इम्प्रोभाइजको नाममा निर्देशकले अति नै अश्लील र अमर्यादित दृश्यहरु थपेपछि कलाकारले नाटक छाडेका थिए ।
अब यो नाटक एक थिएटरमा पुनः मन्चन हुने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार