लाहानमा गोली हानी ५ भारतीयसहित ६ जना पक्राउ

banner

बर्दिबास । लाहानमा बिहीबार बिहान प्रहरीले गोली हानेर ५ भारतीयसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले यो कारवाही गरेको बताइएको छ ।

लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर ५ भारतीय र १ नेपालीलाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट खैरो हिरोइन २२५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

१ भारतीय र १ नेपालीको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार