अर्थतन्त्रका सबै कुरा राष्ट्र बैंकको क्षेत्राधिकार भित्र पर्दैन : गभर्नर

अर्थ/बाणिज्य

maha-prasad-adhikari-mahaprasad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थतन्त्रको सबै क्षेत्रहरू नेपाल राष्ट्र बैंकले नहेर्ने बताएका छन् । चार्टर्ड एकाउन्टेसहरुको संस्था आईक्यानले बुधबार आयोजना गरेको गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र भनेको नै राष्ट्र भनेर बुझ्नु गलत भएको बताए ।

अर्थतन्त्रका प्रमुख चार क्षेत्रहरुमध्ये अन्तिमको एउटा क्षेत्रमात्रै राष्ट्र बैंकले हेर्ने उनले बताएका हुन् । ‘अर्थतन्त्र भनेको राष्ट्र बैंक, राष्ट्र बैंकको अर्थतन्त्र भन्ने हिसाबले बुझ्ने गरेको पाइन्छ, त्यो होइन’ उनले भने, ‘रियल सेक्टर छ, एक्सटरनल सेक्टर छ साथै फिस्कल र मनिटरी सेक्टर छ, अन्तिमको पार्ट मात्रै हाम्रो हो ।’

गभर्नर अधिकारीले चारवटा क्षेत्रहरुको छुट्टै भूमिका भएको र चार क्षेत्रबीच समन्वय भने हुने गरेको उनले बताए ।

चालु आर्थिक वर्षमा कर्जा वृद्धिदर लक्ष्यभित्रै रहने समेत उनले बताएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत १९ प्रतिशत कर्जा वृद्धिदर हुने लक्ष्य राखेको थियो । चालु आर्थिक वर्षको मध्य भागमा ३२ प्रतिशतसम्म पुगे पनि वर्षको अन्त्यमा त्यस्तो नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार