चेन्नईको इतिहासमै लज्जास्पद हार, यस्तो छ अंक तालिका . . .

खेलकूद

sam-curran-csk-1024x604-1-400x220

sam-curran-csk-1024x604-1-400x220

एजेन्सी । आईपीएलको १३ औँ सिजनको ४१ औँ खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको छ । शारजाहमा खेलिएको खेलमा चेन्नईले टस हारेर पहिले बलिङ गर्दै १ सय १५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मुम्बईले उक्त लक्ष्य १२।२ ओभरमा कुनै विकेट नगुमाइ सफलतापूर्वक पछ्यायो ।

आईपीएलमा कुनै पनि टोलीले चेन्नईलाई १० विकेटले पराजित गरेको पहिलो अवसर हो । यसअघि, सन् २००८ मा मुम्बईले नै चेन्नईलाई ९ विकेटले पराजित गरेको थियो । मुम्बईलाई जीत दिलाउन ईशान किशनले नटआउट ६८ तथा क्वीन्टन डिककले नटआउट रहँदै ४८ रन बनाए ।

आईपीएलको इतिहासमा चेन्नईले लिग राउन्डमा ८ खेल हारेको पहिलो पटक हो । यसअघि, सन् २०१० र २०१२ मा चेन्नईले ७–७ खेल हारेको थियो । हारसँगै प्लेअफका लागि चेन्नईको यात्रा लगभग समाप्त भइसकेको छ । अब चेन्नईले बाँकी तीन खेल जित्नुका साथै अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ । उता, मुम्बई भने सातौँ जित हासिल गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

खेलमा ट्रेन्ट बोल्ट म्यान अफ द म्याच चुनिए । उनले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर चार विकेट लिए । उनले हालसम्म आईपीएलमा ५४ विकेट लिइसकेका छन् ।

पहिलो ब्याटिङ गरेको चेन्नइका लागि स्याम करनले सर्वाधिक ५२ रन बनाए । उनको अर्धशतकको मद्दतले चेन्नईले २० ओभरमा ९ विकेटको क्षतिमा ११४ रन बनायो । मुम्बईका लागि जसप्रीत बुमराह र राहुल चाहरले २–२ विकेट लिए । निकै खराब सुरुवात गरेको चेन्नईले ३ रनमा चार विकेट गुमाएको थियो ।

अंक तालिका

मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ नेटरन रेटको आधारमा शीर्षस्थानमा उक्लिएको छ । समान १४ अंक भएपनि नेटरन रेटको आधारमा मुम्बई, दिल्ली र बेंगलोर क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार बेहोरेको छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता १० खेलमा ५ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार