त्रिकेटर कपिल देवको मुटुको अप्रेशन, अवस्था स्थिर

खेलकूद

115044649_gettyimages-924807340_ul5lueiux5-400x220

115044649_gettyimages-924807340_ul5lueiux5-400x220

एजेन्सी । छाती दुखेर दिल्लीस्थित अस्पताल पुगेका भारतका लिजेन्डरी क्रिकेटर कपिल देवको मुटुको शल्यक्रिया गरिएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिमा ६१ वर्षीय देवलाई शुक्रबार अस्पताल भर्ना गरिएको र अहिले उनको अवस्था स्थिर रहेको जानकारी दिइएको छ ।

देव सन् १९८३ को विश्वविजेता भारतीय टोलीका कप्तान थिए । उनलाई सन् २००२ मा विस्डेनले शताब्दीको भारतीय क्रिकेटरको उपाधि दिएको थियो । मध्यक्रमका ब्याट्सम्यान र फास्टबलर रहेका देवलाई क्रिकेटका महान् अलराउन्डरमध्ये एक मानिन्छ ।

उनले टेस्ट क्रिकेटमा ४ सयभन्दा बढी विकेट लिनुका साथै ५ हजारभन्दा बढी रन बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४३४ विकेट लिएका छन् भने एक दिवसीय खेलमा २५३ विकेट लिएका छन् ।

टेस्ट क्रिकेटमा उनले ८ शतक र २७ अर्धशतकसहित ५ हजार २४८ रन बनाएका छन् भने एक दिवसीय खेलमा उनले ३ हजार ७८३ रन बनाएका छन् । उनको सर्वोच्च स्कोर १७३ रनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार