नेपाली तेक्वान्दोले भर्चुअल महोत्सवमा ४ स्वर्ण र तीन रजत

खेलकूद

nta

nta

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका छन् ।

भिजन तामाङले पुरुष १२ वर्षमा स्वर्ण जिते । महेश आङथुप्पाले दोश्रो स्थानमा चित्त बुझाए । युएस वल्र्ड क्लास तेक्वान्दो एसोसिएसनद्वारा आयोजित प्रतियोगिताको पुरुष १५ वर्षमुनि विवेक श्रेष्ठले पहिलो स्थान हात पारे । महिलामा मेलिना राईले शीर्ष स्थान हात पारिन् । प्रगति कुइकेल दोश्रो भइन् ।पुरुष १४ वर्षमा प्रजुन कुइकेल पहिलो भए । आयुश ढुंगेल दोश्रो भए ।

एनटीएबाट ९ खेलाडी सहभागी भएकोमा ७ जनाले पदक जिते भने बाँकी २ पदकविहीन रहे । सबै खेलाडीले पुम्सेको जुनियरतर्फ प्रतिस्पर्धा गरेका थिए । आयुश बोहरा र प्रशन्न पुडासैनी दुवैले यु–१७ उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा एनटीएका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अक्टोबर १७ र १८ तारिखमा भएको प्रतियोगितामा एसियाली महादेशबाटै निर्णायकको भूमिका निर्वाह गर्ने खड्का एक्लो निर्णायक भएको बताइएको छ ।

प्रतियोगितामा सहभागी एनटीएका सबै खेलाडीको दर्ता शुल्क पान अमेरिकन तेक्वान्दो युनियनका महासचिव रिक्की सिनले प्रायोजन गरेका थिए । प्रतियोगितामा सहभागी हुन एक खेलाडीको दर्ता शुल्क १ सय अमेरिकन डलर राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार