कोलकाता र हैदरावाद भिड्दै, हैदरावादले पहिले फिल्डिङ रोज्यो

खेलकूद

rashid-khan-hyderabad-srh-1024x543-1

rashid-khan-hyderabad-srh-1024x543-1

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन । कोलकाताले टोलीमा दुई परिवर्तन गरेको छ । क्रिस ग्रिनको स्थानमा ल्योकी फर्गुसनलाई मौका दिएको छ । प्रसिद्ध कृष्णको स्थानमा कुलदिप यादवलाई मौका दिएको छ ।

हैदराबादले टोलीमा दुई परिवर्तन गरेको छ । खलिल अहमदको स्थानमा वासील थाम्पीलाई मौका दिएको छ । शहवाज नदिमको स्थानमा अब्दुल सामदलाई मौका दिएको छ ।

कोलकाता पाँचौं र हैदराबाद चौथो जितको सोचमा छन् । जारी आइपिएलमा कोलकाता ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । दुबै टोलीलाई अन्तिम चारमा रहेर प्ले अफ खेल्न जित्नुपर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार