केएल राहुल र मार्कस स्टोइनिसका कारबाहीमा

खेलकूद

rah

एजेन्सी । रोयल्स च्यालेन्जर्स बैंगलोरसँग १८ रनले पराजित भएको खेलमा ‘कोड अफ कन्डक्ट’ को उल्लंघन गरेका कारण लखनउ सुपर जायन्टसका कप्तान केएल राहुल र अलराउन्डर मार्कस स्टोइनिसलाई जरिवाना गरिएको छ ।

इन्डियन प्रिमियर लिग ९आईपीएल०–२०२२ क्रिकेट प्रतियागिता अन्तर्गत मंगलबार ९हिजो० बैंगलोरविरुद्धको खेल क्रममा प्रतियोगिता नियमविपरित गएको दोषी भएपछि दुबैलाई जरिवाना लागेको हो ।

राहुलले ‘कोड अफ कन्डक्ट’को ‘लेवन वान’अन्तर्गतको नियम उल्लंघन गरेको जनाइएको छ । जसका कारण उनलाई २० प्रतिशत ‘म्याच फि’ जरिवाना गरिएको छ ।

आईपीएलले भनेको छ, ‘लखनउका कप्तान केएल राहुलले बैंगलोरविरुद्ध भएको खेलमा आचारसंहिता उल्लंघन गरेको दोषी पाएका छौं । जसका कारण उनलाई २० प्रतिशत म्याच फि जरिवाना गरिएको छ ।’

दोषी केएल राहुलले समेत आचारसंहिताको लेवन वानको अपराध स्वीकार गरेका छन् ।

यता, अष्ट्रेलियाका अल राउन्डर मार्कस स्टोइनिसले बैंगलोरविरुद्ध आउट भए पनि अम्पायरविरुद्ध आफ्नो रिस पोखेका थिए । जसका कारण मार्कसले आचारसंहिता लेवन वान उल्लघंन गरेको खुलेको छ । मार्कस स्वयंले समेत यसको स्वीकार गरेका छन् ।

१५ बल खेल्दै २४ रन बनाएपछि मार्कस १९औं ओभरमा आउट भएका थिए । यसपछि पूरा रिसाएका मार्कस अम्पायरसँग झगडा गरेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार