पन्जाबमाथि दिल्लीको सहज जित

खेलकूद

dc_zwftowge3b

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सहज जित निकालेको छ । बुधबार भएको खेलमा दिल्लीले पन्जाब किङ्सलाई ९ विकेटले हराएको हो । मुम्बईमा पन्जाबले जितका लागि दिएको ११६ रनको लक्ष्य पछ्याएको दिल्लीले १० ओभर ३ बलमा एक विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीका डेभिड वार्नरले अविजित ६० रनको अर्धशतकीय पारी खेले । यस्तै पृथ्वी शले ४१ रन बनाउँदा सर्फराज खान १२ रनको योगदान गरे ।​ बलिङतर्फ पन्जाबका राहुल चाहरले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा अलआउट हुँदै ११५ रन जोडेको थियो ।

पन्जाबका जितेश शर्माले ३२ रन बनाए । कप्तान मायांक अग्रवालले २४ रनको योगदान गरे । बलिङतर्फ दिल्लीका ललित यादव, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले २/२ विकेट लिए । जितसँगै दिल्ली छैटौं स्थानमा उक्लिएको छ । दिल्लीले ६ खेलमा ६ अंक जोडेको छ । दिल्लीको यो तेस्रो जित हो । पराजित पन्जाब ७ खेलमा ६ अंक जोडेर आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार