पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

खेलकूद

img_6325

काठमाडौं । आयोजक वनदेबी युवा क्लबलाई ३–० अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार जितसंगै पुलिसले उपाधिका लागी अर्को बिभागिय टोली एपीएफ फुटबल क्लबसंग खेल्नेछ । फाइनल शनिबार हुनेछ ।

पुलिसलाई फाइनलमा पुर्‍याउनका लागि निर्मला विकले दुई तथा रेखा पौडेलले एक गोल गरिन् ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो । खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाईन् ।

५६ औं मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको ६५ औं मिनेटमा निर्मलाले व्यक्तीगत दोस्रो गोल गर्दै पुलिसलाई तीन गोलको स्पष्ट अग्रता दिलाईन् ।

त्यसपछि कुनै पनि टीमले गोल गर्न सकेन् । र पुलिस सानदार जित सहित फाईनल पुग्न सफल भयो ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला विक प्लेयर अफ द म्याच भइन् । उनले नगद ५ हजार सहित ट्रफी पाइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार