मुख्यमन्त्री विवाईसी महिला गोल्डकप : एपिएफलाई पुलिसको चुनौती

खेलकूद

police

धनगढी । कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरु एपिएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् । धनगढी रंगशालामा शनिबार साँझ हुने फाईनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् ।

वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुबै टीमले दाबी गरेका छन् । शुक्रबार धनगढी रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा फाईनलिष्ट दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दावी गरेका हुन् । उत्कृष्ट लयमा रहेको एपिएफकी कप्तान अनिता बस्नेतले फाईनल जित्नका लागि खेल्ने बताईन् । उनले रातीको समयमा खेल्दा केही कठिनाई भए पनि उपाधि आफ्नो टीमले जित्ने दावी गरिन् ।

‘पहिलो पटक लाईटमा खेल्दा आउने समस्याले गाह्रो भईरहेको छ । कुनै वेला लाईट विग्रिदा खेलको रिदम विग्रने समस्या छ ।’ कप्तान बस्नेतले भनिन्–‘सात बर्षपछि फाईनल पुगेका छौं । महिला गोल्डपक पहिलो पटक भएको हुँदा जसले हामी सबैलाई उत्साहित बनाएको छ । हामी च्याम्पीयन हुन्छौ । त्यही हिसाबको तयारी छ । एपिएफएका प्रशिक्षक जनकसिंह थारुले पनि जित्नको लागि खेल्ने बताए ।

‘लिगमा पनि लगातार जितिरहेका छौं । नकआउट प्रतियोगिता पनि जित्छौं ।’ प्रशिक्षक थारुले भने–‘हामीले पुलिसलाई हराउँदै आएका छौं । फेरि हराएर उपाधि जित्छौं ।’ एपिएफल सेमिफाईनलमा आर्मीलाई ३–२ ले हराएको थियो भने क्वाटरफाईनलमा विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार