बार्सिलोनाको महिला टोलीको खेलमा रेकर्ड दर्शक

खेलकूद

barcelona_8hoq5kbvoi

एजेन्सी । बार्सिलोनाको महिला फुटबल टोलीले च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा दर्शकको उपस्थितिको रेकर्ड बनाएको छ । सेमिफाइनलको पहिलो लेगमा वुल्फ्सवर्गलाई हराउने क्रममा क्याम्प नाउमा रेकर्ड ९१ हजार ६४८ दर्शक उपस्थित थिए । यसअघि क्वार्टरफाइनलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराउने क्रममा महिला टोलीले ९१ हजार ५५३ जना दर्शक बटुल्न सफल भएको थियो ।

गत सिजन ट्रेबल जितेको स्पेनिस च्याम्पियनले खेलको १० मिनेटमा नै २–० को अग्रता बनाएको थियो । ऐटाना बोनमाटी र क्यारोलिनले बार्सिलोलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि जेनी हरमोसो र कप्तान एलेक्सिया पुटेलासले बार्साको अग्रता फराकिलो पारे । वुल्फ्सवर्गका जिल रुडले दोस्रो हाफमा एक गोल फर्काए पनि पुटेलासले पेनाल्टीबाट गोल गर्दै ५–१ को जीत दिलाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार