लखनउको छैटौं जित

खेलकूद

image_-_2022-04-29t223750-890_1651252081036_1651252087164_kvv3ixv7qe

काठमाडौं । पन्जाब किङ्सलाई २० रनले हराइदै लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–ट्वान्टी क्रिकेटमा छैटौं जित निकालेको छ । पुनेमा शुक्रबार लखनउले दिएको १५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

पन्जाबका जोनी बेयर्सटोले सर्वाधिक ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले २५ रन बनाए । लखनउका मोसिन खानले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो । लखनउका क्विन्टन डी ककले सर्वाधिक ४६ रन जोड्दा दिपक होडाले ३४ रन बनाए ।

पन्जाबका कागिसो राबडाले ४ विकेट लिए । लखनउले ८ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पन्जाबले ९ खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार