जिम्बावेविरुद्ध नेपालको खेल परिवर्तन, पहिला टी-२० हुने

खेलकूद

nepal_nrwfdbpsfo

काठमाडौं । नेपाल भ्रमणमा रहेको अफ्रिकन टोली जिम्बावे ‘ए’ विरुद्ध नेपालले पहिले टी-२० क्रिकेट शृंखला खेल्ने भएको छ ।

तीन एकदिवसीय र तीन ट्वान्टी २० क्रिकेट शृंखलाका लागि नेपाल भ्रमण आएको जिम्बावेविरुद्ध यसअघि नेपालले एकदिवसीय शृंखला खेल्ने तय थियो ।

नेपाल र जिम्बावेबीचको एकदिवसीय शृंखलाको पहिलो खेल आज (शनिबार) ९:३० बजेदेखि सुरु हुने भनिए पनि वर्षाका कारण रद्द भएको थियो । सोही कारण नेपाल क्रिकेट संघ (क्यान) ले शृंखलाको नयाँ तालिका सार्वजनिक गरेको हो ।

नेपालले घरेलु मैदानमा पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टोलीविरुद्ध क्रिकेट शृंखला खेल्न लागेको हो ।

शृंखलाअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले जिम्बावेविरुद्धको शृंखला आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को लागि अभ्यास हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार