हैदरावादलाई हराउँदै दिल्ली पाँचौ स्थानमा उक्लियो

खेलकूद

hadarabad

काठमाडौं ।  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा सनराइजर्स हैदरावादलाई २१ रनले हराउँदै दिल्ली क्यापिटल्स अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षतिमा १८६ रन मात्रै बनाउन सक्यो ।

दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए । अविजित रहेका उनी प्लेयर अफ द म्याच समेत भए । रोभम्यान पावेलले पनि अविजित ६७ रन बनाए । मिचेल मार्सले १० र कप्तान रिसभ पन्तले २६ रन बनाए ।

बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार, सेन एबोट र श्रेयस गोपालले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार