नेपाल जिम्बावे ‘ए’ सँग ३ विकेटले पराजित

खेलकूद

jimbabe-e1651826902523

काठमाडौं । जिम्बावे ‘ए’ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नपाल ३१.३ ओभरमा १ सय ३६ रन बनाए अलआउट भएको थियो ।

नेपालले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य जिम्बावेले २६ ओभरको समाप्तिमा ७ विकेट गुमाएर पुरा गर्यो । जिम्बावे ‘ए का लागि ओपनर इन्नोसेन्ट कियाले सर्वाधिक ४८ रनको अविजित इनिङ खेले । उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

चेफास जुवावो २९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाएर आउट भए । राय किया १४ रन बनाएर पभेलिएन फर्किँदा ब्राड इभान्स १७ रनमा अविजित रहे । भने, अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालको बलिङमा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै एक मेडनसहित ३२ रन खर्चिए । कराण केसी २ तथा सागर ढकाल र सोमपाल कामीले एक÷एक विकेट लिए ।

नेपालले जिम्बावे ‘ए’ सँग दोस्रो एकदिवसिय खेल शनिबार र तेस्रो सोमबार खेल्नेछ । यसअघि नेपालले तीन खेलको टी–२० श्रृङखला बराबरी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार