युगान्डाविरुद्ध ब्याटिङ गर्दै नेपाल

खेलकूद

nepal-ugyanda_8uzjb1xp5y

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा युगान्डाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपालले केही बेरमा युगान्डाविरुद्ध ब्याटिङ थाल्नेछ ।

आजको खेलमा नेपालले टिममा तीन परिवर्तन गरेको छ । विकेटकिपर ज्योति पाण्डे, अस्मिना कर्माचार्य र रोमा थापालाई बेन्चमा राखेको छ । सीता रानामगर, काजोल श्रेष्ठ र सरिता मगरलाई मैदान उतारेको छ । पहिलो खेलमा १२ रनले पराजित भएको नेपाल त्रिवि क्रिकेट मैदानमा आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।

आजको खेलमा सजह जित निकाल्दै नेपाल सिरिजमा १–१ को बराबरी गर्ने योजनामा छ । पहिलो खेलमा हारको बदला लिने नेपाललाई मौका छ । यता युगान्डा भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पाँच खेलको सिरिजमा युगान्डा १–० ले अघि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार