च्याम्पियन लिगको फाइनलमा लिभरपुल फ्यानमाथि अश्रु ग्यास हानियो

खेलकूद

1ufa

एजेन्सी । आज राती रियल मड्रिड र लिभरपुलबीच सम्पन्न च्याम्पियन लिगको फाइनल खेल ३५ मिनेट ढिलो गरी सम्पन्न भयो । प्रतियोगिता आयोजकले यो ढिलाईका लागि ‘नक्कली टिकट’ लिएर खेल हेर्ने प्रयास गरिरहेका मानिस जिम्मेवार रहेको बताएको छ ।

तर रंगशालामा उपस्थित फ्यानहरूले भने यो समस्याका लागि आयोजक जिम्मेबार भएको बताए । लिभरपुलका फ्यानतर्फ थोरै गेट खोलेको र गार्ड पनि थोरै राखेकाले अव्यवस्थित स्थिति सिर्जना भएको तिनले आरोप लगाएका छन् । परिणामस्वरुप सक्कली टिकट भएका लिभरपुलका फ्यानको पर्खाई बढ्दै गयो र भस्ड बढ्दै गएपछि प्रहरीले अश्रुग्यास प्रयोग गर्नुपर्यो । पछि कयौ सक्कली टिकट भएका फ्यानहरु समेत तिनको क्लबको सबैभन्दा ठूलो खेल रंगशालामा बसेर हेर्न बञ्चित भए ।

‘खेल सुरु हुनुअघि लिभरपुलका फ्यान प्रवेश क्षेत्रमा नक्कली टिकट लिएका हजारौं फ्यान आएपछि सकली टिकट जाँचेर धेरैभन्दा धेरै फ्यानलाई प्रवेश गराउन ३५ मिनेट थापियो ,’ युइएफएले वक्तव्यमा भनेको छ ।

थपिएको समयमा धेरैभन्दा धेरै फ्यानलाई रंगशालामा प्रवेश गराएपछि उपस्थित भिडमाथि अश्रुग्यास प्रयोग गरिएको प्रहरीले बताएको छ । भागदौडका बीच फ्यानहरूले फलामे गेटभित्रका गार्डलाई सकली टिकट देखाउँदै प्रवेश दिन आग्रह गरिरहेको देखिएको थियो । केही त बन्द गेटमाथि चढेर रंगशाला प्रवेश गर्ने प्रयासमा देखिन्थे ।

uefa4_qmcvfpggcc

रंगशाला बाहिर अव्यवस्था मच्चिरहँदा भित्र भने दुईपटक १५ मिनेट लम्बाइएको थियो । र बाहिर सम्पूर्ण भिड तितरबितर हुनुअघि नै ३५ मिनेटपछि खेल सुरु गरिएको थियो ।

रंगशालाको गेटमा तैनाथ फ्रेन्च प्रहरीले रंगशाला नजिकको सेन्ट डेनिस वस्तीका बासिन्दा टिकटबिना प्रवेश गर्ने प्रयास गरेपछि समस्या आएको बताए । क्लबको जर्सीसहित आएको फ्यानहरुसँग सक्कली टिकट रहेको तिनको ठम्याई थियो ।

तर फ्रान्सका गृहमन्त्री गेराल्ड डरमानिनले भने युईएफएकै भनाई उदृत गर्दै हजारौ ब्रिटिश समर्थकहरु टिकट बिना अथवा जाली टिक लिएर गेटमा आउँदा समस्या उत्पन्न भएको बताएका छन् ।

खेलपछि युईएफएले जारी गरेको वक्तव्यमा उसले रंगशाला बाहिरको भिड समस्याबारे अनुसन्धान गर्ने बताएका छन् । अघिल्लो वर्ष लण्डनस्थित बेम्बले रंगशालामा आयोजित युरोपियन च्याम्पियनसिपमा पनि हजारौं टिकट नभएका फ्यान आएपछि समस्या आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार