जिम्बाब्बेमाथि नेपालको शानदार जित, सिरिज बराबरी

खेलकूद

cricket-aasif

काठमाडौं । आसिफ शेखको उत्कृष्ट प्रदर्शनमा जिम्बाव ‘ए’ लाई ८ विकेटले पराजित गर्दै नेपालले टी–२० सिरिज बराबरी गरेको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न जिम्बावे ‘ए’ विरुद्धको अन्तिम टी–२० खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले जिम्बावेले दिएको १ सय ३७ रनको लक्ष्य १५।५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । उनले ५४ बलमा १३ चौका र एक छक्कासहित सर्वाधिक ८७ रनको अविजित इनिङ खेले । आसिफले अर्का ओपनर आसिफ शेखसँग ८८ रनको साझेदारि गरेका थिए । कुशल ३४ रनमा आउट भए ।

उनले २६ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । बासिर अहमद १० रनमा पभेलियन फर्किए । जिम्बावे ए को वलिङमा ल्युक जोङवे र ब्रान्डन माभुता ले समान एक विकेट लिए । आइतबार देखि सुरु भएका टी–२० सिरिजमा नेपालले पहिलो खेल जिम्बावे ए सँग ६ विकेटले हारेको थियो । दोस्रोे खेल वर्षाका कारण रद्द भएपछि नेपालले जिम्बावे ए सँग अंक बाँडेको थियो ।

तीन खेलको सिरिजमा आजको खेल नेपालले जितेपछि दुवै टोलीको तीन तीन अंक भएसँगै सिरिज बाराबरी भएको हो । जिम्बावे ए सँगको एकदिवसिय सिरज शुक्रबार देखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार