पोल्यान्डको विजयी सुरुवात

खेलकूद

poland-win-1024x576

एजेन्सी । वेल्सलाई २१ अन्तरले हराउदै बुधबारदेखि सुरु भएको युइएफए नेसन्स कपमा पोल्यान्डले विजयी सुरुवात गरेको छ । खेलमा ५२ औं मिनेट जोनी विलियम्सले गरेको गोलबाट वेल्सले अग्रता लिएको थियो । तर, ७२औं मिनेटमा जाकुब कामिन्सकीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काएका थिए ।

यस्तै, निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा करोल स्विडरस्कीले निर्णायक गोल गर्दै पोल्यान्डको जित निश्चित गरे । जितसँगै तीन अंक जोडेको पोल्यान्ड समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा पोल्यान्ड र वेल्ससँगै वेल्जियम र नेदरल्यान्ड्स छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार