बीएनएको दोहोरो जित

खेलकूद

5-jpg-26

काठमाडौं । योजक बसुन्धारा नेसनल एकेडेमी ९बीएनए०खले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ ।

जुनियर ब्वाइजमा बीएनएले स्किब्सलाई २९–६ ले पराजित ग¥यो । बीएनएको जितमा एलेक्स गुरुङले ११ अंक योगदान गरे । सिनियर ब्वाइजमा सन्देश खड्काको १६ अंक सहयोगमा बीएनएले युनिभर्सिटीलाई ३५–१७ ले हरायो ।

एचएचसीएले पनि दोहोरो जित आत्मासात् ग¥यो । सिनियर ब्वाइजमा एचएचसीएले एन्जल्स हार्टलाई २९–२५ ले पन्छायो । विजेताका विनोद शाहीले १३ स्कोर गरे । सिनियर गल्र्समा एचएचसीएले फेरिल्यान्डमाथि २०–४ को जित निकाल्यो । एचएचसीएकी रेश्मा तामाङले १० अंक जोडिन् ।

सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा स्किब्सले लालीगुराँस नेसनल एकेडेमीलाई ४२–२३, ग्रिनल्यान्डले सेबलाई ३४–२७, भ्याली पब्लिकले स्कोलर्स होमलाई ६९–१८, गोल्डेनपिकले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ४४–२३ र इडेन ब्रिज एकेडेमीले फेरिल्यान्डलाई १९–१४ ले पराजित गरे ।

जितमा स्किब्सका युनिकले १३, ग्रिनल्यान्डका सुरेश बिसीले ११, भ्याली पब्लिकका छिरिङ लामाले २०, गोल्डेनपिकका सविन तामाङले २८ र इडेन ब्रिजका आयुश राईले ८ अंक योगदान गरे ।

प्रतियोगिताको टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार