बाक्सिला फुटबल क्लबलाई जर्सी सेट सहयोग

खेलकूद

jersey-for-baksila-football-club_khotang-jpg

खोटाङ । खोटाङको बाक्सिला फुटबल क्लबलाई पूर्व खेलाडी तथा युके आर्मीमा कार्यरत रवि राईले जर्सी सेट सहयोग गरेका छन् । केही समयअघि सम्पन्न जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत ९ए० डिभिजन लिगमा च्याम्पियन बनेर प्रदेश नम्बर १ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगीतामा सहभागी हुन इटहरी पुगेको बाक्सिला फुटबल क्लब खेलाडीलाई हाल युकेमा रहेका राईले ५० हजार बराबरको जर्सी सेट प्रदान गरेका हुन् ।

केपिलासगढी गाउँपालिका–४ बाक्सिला स्थायी ठेगाना भएका राईले उपलब्ध गराएको जर्सी सेट बिहीबार इटहरीमा आयोजित कार्यक्रममा केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले फुटबल क्लबका अध्यक्ष शिव राईलाई हस्तान्तरण गरेका छन् । पूर्व खेलाडी तथा युके आर्मी राईबाट जर्सी, हाफपाइन्ट र सक्स प्राप्त भएको बाक्सिला फुटबल क्लबका अध्यक्ष राईले जानकारी दिए ।

इटहरी फुटबल क्लबको संयोजन एवं प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा प्रदेश नम्बर १ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता बिहीबार इटहरी प्रादेशिक रंगशालामा सुरु भएको हो ।

बाक्सिला फुटबल क्लबले शुक्रबार दिउँसो ३ बजे ताप्लेजुङको मानभारा स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता १ असारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार